नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो हटाइएसँगै बीचमै रोकिएका साधान गन्तव्यतर्फ लागेका छन् । यसै स्थानमा बिहीबार दिउँसो १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक २८ घण्टापछि हिजो साँझ ५ बजे सञ्चालनमा ल्याइएको थियो। सवारीको चाप अत्यधिक हुने यस सडकमा दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन्। सडक फराकिलो गरिएका कारण बर्खामा निरन्तरजसो पहिरो खसेर सडकखण्ड अवरुद्ध हुने गरेको छ। 

Logo