नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताबाट बाहिरिने डरले कांग्रेस १० सीट जितेका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको तर्क गरेका छन् ।
शनिवार नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर केही पनि गर्दैनौं भन्ने कुराको भरोसा दिलाउनु पर्ने बताएका हुन् ।
उनले भने, ‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । जम्मा अहिले १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर, थापेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्ने किन यो कुरा मानेका छौं । किन की डराएका छौं । अरुसँग मिल्ला सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।’
महामन्त्री थापाले अब नीति महाधिवेशनबाट कांग्रेसले विधानमै जनताबाट चुनिने चुनावमा कोहिसँग तालमेल गर्दैन, सरकारमा पुग्न मात्र कांग्रेसले जे पनि गर्छ भन्ने कुरा परिवर्तन गर्न आवश्यक रहेको तर्क गरे । अन्य देशमा नेताहरुको आगमन र विश्रामको नीति हुने भएपनि नेपालमा त्यस्तो नभएको उनको तर्क छ ।
उनले सभापति देउवा पाँच पटकसम्म प्रधानमन्त्री बन्नुको आवश्यकता र औचित्य खोजिनु पर्ने बताए । ‘एउटै मान्छे पाँच पटकसम्म लगातार प्रधानमन्त्री बन्ने किन यसको उत्तर के हो यो कुनै आग्रहको कुरा होइन् यसको खुला छलफल हुनुपर्छ ।’ उनले भने ।































प्रतिक्रिया