आगलागी हुँदा २४ लाखको क्षति

आगलागी हुँदा २४ लाखको क्षति

केन्द्रबिन्दु
0
Shares

हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा रू २४ लाख बराबरको क्षति भएको छ । 

स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

घरको तेस्रो र दोस्रो तलामा पूर्णरुपमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमला भट्टराईले बताए । “घरमा आगलागी हुँदा शाहीको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएका गरगहना तथा अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएका छन्”, उनले भने । 

सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

Skip This
Skip This
Logo