छत्तिसगढमा धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा

छत्तिसगढमा धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा

केन्द्रबिन्दु
0
Shares

छत्तीसगढको बालोदमा चौँथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ। प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौँथो सन्तान आउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो।

हवल्दारले आफ्नी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए। परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ।

राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ (१) को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो। यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो। यसैगरी, थप अनुसन्धान गर्दा दुई जना हेड हवल्दारले पनि यो कानुन उल्लंघन गरेको पाइएपछि उनीहरुलाई पनि कारण देखाउ नोटिस जारी गरिएको छ।

Logo