लेनिन पिक चढ्न आठ सदस्य नेपाली शेर्पा टोली किर्गिस्तान पुग्यो

लेनिन पिक चढ्न आठ सदस्य नेपाली शेर्पा टोली किर्गिस्तान पुग्यो

केन्द्रबिन्दु
0
Shares

किर्गिस्तानस्थित मध्य एसियाको ट्रान्स अले दायराको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरो आरोहणका लागि आठ सदस्य शेर्पा टोली किर्गिस्तान पुगेको छ। काठमाडौंबाट हिजो शनिबार त्यसतर्फ प्रस्थान गरेका उनीहरु आज आइतबार विहान किर्गिस्तान पुगेका हुन्। 

लेनिन चुचुरोको २ चोटी सफल आरोहण गरिसकेका पेम्बाजाङ्बु शेर्पासहितको ९ सदस्यीय टोलीले त्यहाँ रहुन्जेल सहयोगी गाइडको रुपमा हिमाल आरोह गराउने छ। तर, टोलीको एक सदस्य केही समयपछि मात्रै जानेछन्। 

शेर्पाको आफ्नै कम्पनी मार्फत सो टोलीले चुचुरो आरोहणका लागि गाइड गर्नेछ। ‘आई एम ट्रेक एण्ड एक्पीडिसन’नामक कम्पनी सञ्चालन गरिरहेका सञ्चालक पेम्बाजाङ्बु शेर्पाले टोली आजै लेनिन पिकको वेश क्याम्प पुग्ने जानकारी दिए।
 
उनले त्यहाँको एक ट्रेकिङ कम्पनीसंगको सहकार्यमा नेपाली गाईडलाई आरोहणको लागि आफ्नै कम्पनीबाट लगेको र गाईडको कामसंगै नेपाली हिमालहरुको बारेमा प्रचार गर्न फाइदा पुगेको बताए।

उनले भने, ‘यहाँको एक कम्पनीसंग सम्झौता गरेर शेर्पा गाइडहरु मैले आरोहणको लागि व्यवस्थापन गर्दै आएको छु। यहाँ आउनुको फाइदा भनेको यहाँ ७ हजार चढ्न आउनेहरु ८ हजारको हिमाल आरोहणका लागि नेपाल जान्छन्। नेपालको हिमालको बारेमा हामीले प्रत्यक्ष प्रचार गर्छाैँ। जसले नेपालको प्रचार र टुरिजम विकासको लागि फाइदा पुगेको छ।’

त्यस्तै उनले आरोहणका लागि लेनिन पिक कठिन नभएको बताए। सो पिक नेपालको तुलनामा आरोहण गर्न पनि सस्तो र सजिलो रहेको उनको अनुभव छ।  लेनिन चुचुरो किर्गिस्तान र ताजकिस्तानको सिमानामा रहेको पामिर पर्वतको ट्रान्स–अले रेन्जमा अवस्थित छ र हिमचितुवा पर्वतारोहण पुरस्कारमा समेत समावेश भएको छ। नेपालमा पर्वतारोहण गर्न आउने धेरैजसो विदेशिले यो पिक आरोहण गरेर आउने गरेको उनको दावी छ। 

Skip This
Skip This
Logo