काभ्रे ।
इन्द्रावती नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । काभ्रेको मण्डनदेउपूर नगरपालिका वडा नम्बर १० का १३ बर्षिय बालक अभिशेक नेपाली इन्द्रावती नदीमा बेपत्ता भएका हुन् ।
पौडी खेल्ने क्रममा बेपत्ता भएको र उनको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा परिचालन गरिएको सो वडाका वडाध्यक्ष बिष्णुमणि नेपालले जानकारी दिए।
अभिशेक साथिहरु सँग पौडी खेल्न शुक्रवार इन्द्रावती नदीमा गएका थिए । इन्द्रावती नदीमा वर्षेनी यस्ता घटनाहरु हुँदै आएका छन् भने बगरमा रहेको सयौं रोपनी धान खेत पनि बगाउने गरेको छ ।































प्रतिक्रिया