संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४३औं अधिवेशनबाट क्यू डोंग्यु पुन:महानिर्देशक निर्वाचित भएका छन्। सन् २०१९ को जुनमा संयुक्त राष्ट्रसङ्घको प्रमुखका लागि पहिलो पटक निर्वाचित भएका क्यू उक्त पदमा सेवा गर्ने पहिलो चिनियाँ नागरिक हुन्।
पदभार ग्रहण गरेदेखि क्यूले एफएओलाई विश्वव्यापी खाद्य सुरक्षासँग सम्बन्धित चुनौतीहरू सम्बोधन गर्न र विशेष गरी विकासशील देशहरूको खाद्य र कृषि विकासमा योगदान गर्न सक्रिय रूपमा नेतृत्व गरेका छन् । उनको प्रयासलाई एफएओका सदस्य राष्ट्रहरूले व्यापक समर्थन गरेका छन् ।
सन् १९४५ मा स्थापना भएको र इटालीको रोममा मुख्यालय रहेको एफएओ खाद्य र कृषिमा सहयोगको नेतृत्व गर्ने संयुक्त राष्ट्रसङ्घको एक विशिष्ट निकाय हो । यस संस्थाले विश्वव्यापी खाद्य र कृषि नीति आदानप्रदान, मानक निर्धारण, सूचना सङ्कलन र तथ्याङ्कमा महत्त्वपूर्ण भूमिका खेल्छ ।





























प्रतिक्रिया