चुरे ध्वस्त पार्न पाइँदैन, मरुभूमिकरण गर्ने नीति चाहिँदैनः शान्ति समाज

चुरे ध्वस्त पार्न पाइँदैन, मरुभूमिकरण गर्ने नीति चाहिँदैनः शान्ति समाज

केन्द्रबिन्दु
0
Shares

मानव अधिकार तथा शान्ति समाजको १५६ औँ केन्द्रीय कार्यसमिति बैठक काठमाडाैँमा सम्पन्न भएको छ । 

शनिबार र आइतबार दुई दिन बसेको बैठक पूर्व शुक्रबार शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले संक्रमणकालीन न्याय प्रक्रिया, ठूला भ्रष्टाचारका घटनामा मूल दोषीहरुलाई कारबाही नहुँदा नागरिकहरुमा बढ्दो आक्रोश र सरकार, सदन र सडकको अवस्थाबारे प्रकाश पारेका थिए । 

असार १६ गते नै संस्थापक सभापति पहाडीले वी.पी संग्राहलय सुन्दरीजल र राष्ट्रिय  शहीद तथा शान्ति पार्क जगडोलमा वृक्षरोपण गरेका थिए । 

केन्द्रीय कार्यसमिति बैठकले “चुरे ध्वंस्त पार्न पाइँदैन ः मरुभूमिकरण गर्ने नीति चाहिँदैन” भन्ने मूल आह्वानसहित पर्सामा हुने समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकको मूल नारा तय गरेको छ । 

एक दर्जन निर्णय गर्दै सम्पन्न बैठकमा समाजका का.वा. सभापति कृष्णबहादुर रावलले अभियान सम्बन्धमा, महासचिव रेनुका पौडेलले संगठन र कोषाध्यक्ष किरण ढकालले अर्थ सम्बन्धमा प्रारुप पत्र प्रस्तुत गरेका थिए । बैठकले शान्ति समाज केन्द्रीय कार्यालयमा कार्यरत कार्यक्रम अधिकृत सरिता पौडेललाई उपनिर्देशकमा र जनकप्रसाद भण्डारीलाई कार्यक्रम सहायकमा पदोन्नति गर्ने निर्णय गरेको छ ।

Skip This
Skip This
Logo