सुनकाेशी-मरिन डाइभर्सनकाे बजेट कटाैती गरेकाेमा एमाले मधेश प्रदेशकाे आपत्ति

सुनकाेशी-मरिन डाइभर्सनकाे बजेट कटाैती गरेकाेमा एमाले मधेश प्रदेशकाे आपत्ति

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले मधेश प्रदेशले मधेशको दिगो विकासमा चोट पुगेको बताउँदै  बजेट विनियोजनप्रति आपत्ति जनाएको छ। सोमबार बर्दिबासमा प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसी समृद्ध मधेश, सुखी मधेशवासीको आकाङ्क्षामा बजेटले विभेद गरेको निष्कर्ष निकालेको हो।

प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश र संघिय सरकारलाइ विभिन्न ७ वटा बुद्दामा ध्यानाकर्षणसमेत गराएकाे जनाएको छ। विकास निर्माणको भारी मात्रामा भएको बजेट कटौती देखि लिएर मधेशमा आफ्ना कार्यकर्ताहरुलाइ झुट्टा मुद्दामा फसाएको समेत उल्लेख गरिएको छ।

बैठकबाट पारित बुँदा न. ६ मा भनिएको छ,'नेकपा एमालेका जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाइ षड्यन्त्रपूर्वक झुट्टा मुद्दा लगाइ फसाउने काम भएको छ, यसप्रती खेद प्रकट गर्दै सरकार जन्ताप्रती उत्तरदायी बन्न आग्रह गर्दछौँ।´ 

तराइ मधेश समृद्ध कार्यक्रम अन्तर्गत पहिले १ अर्व ५५ करोड बजेट छुट्याएकोमा अहिले ७० करोडमा सिमित गराएको, तराइ ल्याउन लागिएको सुनकोसी, मरिन बागमती डाइभर्सनको बजेट कटौती गरिएको, हुलाकी सडक निर्माणमा पहिले १३ अर्व छुट्याएकोमा अहिले ३ अर्व ५० करोडमा सिमित गरिएको जस्ता बिषयहरुमा एमाले मधेश प्रदेशको आपत्ती छ।

त्यसैगरी काठमाडाैँ-तराइ द्रुत मार्गको बजेट कटौती गरिएको, कृषि क्षेत्रमा ११ अर्व बजेट कटौती गरिएको, पालिकाहरुको समानिकरण बजेटमा ५० प्रतिशत कटौती गरिएकोप्रती पनि ध्यानाकर्षण जनाएको छ।

बैठकले भूमिहिनको समस्या, बर्षादवाट हुन सक्ने विपद जोखिमको पुर्वतयारी, छोरीहरुमा बढ्दै गएको घरेलु हिंसाको बिषयमा समेत तिनै तहका सरकारलाइ झकझकाउने निर्णय गरेको छ। बैठकमा पाटीका सचिव योगेश भट्टराईको समेत उपस्थिति रहेको थियो।

Skip This
Skip This
Logo