अध्यक्ष ओलीको प्रश्नः नेपालले पसिना मात्रै कति बेच्ने ?

अध्यक्ष ओलीको प्रश्नः नेपालले पसिना मात्रै कति बेच्ने ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले बाँझो जग्गाको उपयोग गर्न नसकेको गुनासो गरेका छन् । 

मंगलबार पार्टी कार्यलय च्यासलमा आयोजित पार्टीको केन्द्रीय कृषि तथा पशुपन्छी विभागको छैठौं बैठकमा अध्यक्ष ओलीले सधैँ पसिना मात्रै बेच्न सम्भव नभएको भन्दै बाँझो जग्गाको उपयोगबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘उत्पादन र उत्पादकत्व बढाएनौं भने यसरी नै खाद्य पदार्थ बाहिरबाट आयात गरेर बाँच्नु पर्ने अवस्था हो भने, निर्यात चाँही के गर्छौ हामीले ? हामी हतियार निर्माता हैनौं ईन्डस्ट्रियल देश हैन के चाहीँ बनाउछौ त ? कसैले हतियार बनाएर बेचेका छन्, कसैले आजको मोर्डन टेक्नोलोजी बेचेका छन्, हामीसंग त्यस्तो बेच्ने खालको केही पनि छैन्। पसिना मात्र बेच्न सधैं पसिना पनि बिक्दैन ।’ उनले भने

देशको विकास गर्ने कुरामा ठेकेदारी भएको टिप्पणी गरेका उनले खेर गएको जमीनमा फलफूल लगाए मात्रै पनि देशको अर्थतन्त्र विकासमा ठूलो सफलता प्राप्त गर्न सकिने  बताए । 

Skip This
Skip This
Logo