नेपालले साफ च्याम्पियनसिप फुटबलमा 'फेयर प्ले' अवार्ड प्राप्त गरेको छ। साफ च्याम्पियनसिपको समापन समारोहमा नेपाललाई फेयर प्ले अवार्ड प्रदान गरिएको हो। नेपालकोतर्फबाट साफमा सहभागी रेफ्री प्रज्जवल क्षेत्रीले सो अवार्ड लिएका थिए।
साविक उपविजेता नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो। नेपाल समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग २–० ले पराजित बनेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको थियो।





























प्रतिक्रिया