काठमाडौं ।
यस वर्षको तीज नजिक आउन थालेसँगै बजारमा नयाँ तीज गीत सार्वजानिक हुन थालेका छन् । यसैक्रममा गायिका तथा मोडल सिर्जु अधिकारी र गायिका माण्डवी त्रिपाठीको नयाँ तीज गीत ‘हाई मेरी पियारी’ सार्वजानिक भएको छ ।
गीतमा करन न्यौपानेको शब्द र संगीत रहेको छ भने रक्षा श्रेष्ठ, सिर्जु अधिकारी र भीम पौडेलको अभिनय रहेको छ ।
गीतमा दिदीबहिनीबीचमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ । अशोक विकको निर्देशन तथा कोरियोग्राफीमा बनेको गीतको भिडियोलाई रविन विकले सम्पादन गरेका छन् । विपिन आचार्यको एरेन्ज रहेको गीतमा वीरेन्द्र भट्टले सिनेम्याटोग्राफी गरेका हुन् ।





























प्रतिक्रिया