काठमाडौँको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)का दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
१६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पक्राउ अनुमति लिएको हो ।
गत जेठ ३१ गते राति एलओडी क्लबमा पुगेकी १६ वर्षीया नाबालिगलाई मदिरा खुवाएर ललितपुरको बागडोलमा लगी बलात्कार गरेको घटना बाहिरिएको थियो । त्यसको भोलिपल्टै प्रहरीले आरोपी पोखराका ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको थियो ।































प्रतिक्रिया