प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैनः प्रवक्ता शर्मा

प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैनः प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलेको विषयलाई लिएर संसद अवरुद्ध गर्नु असंसदीय चरित्र भएको जिकिर गरेकी छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले प्रधानमन्त्रीको राजीनामा मागेर बैठक अवरुद्ध गर्नु अचम्मको पक्ष भएको बताइन् । उनले भनिन्, ‘विपक्षीहरुले प्रधानमन्त्री ज्यूले एउटा पुस्तक विमोचनमा बोलेको कुरालाई लिएर संसद भित्र राजीनामाको माग गरेर बैठक अवरुद्ध गर्नु भएको छ । त्यस्ले गर्दा मिटर व्याजसम्बन्धि अध्यादेश निष्क्रिय हुन पुगेको छ । यो विषय नै त्यस्तो होईन कि जो राजीनामा दिनुपर्ने ।’ 

मन्त्री शर्माले अर्थमन्त्रालयको प्रस्तावमा भन्सार सुधार कार्य अन्तर्गत एशियाली बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियपूर्ण क्रृण स्वीकार गर्ने मन्त्रिपरिषद्ले गरेको जानकारी दिइन् ।  

Skip This
Skip This
Logo