सन नेपाल लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई साउन १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।
इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
यसको ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ सयअंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो आईपीओमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ।





























प्रतिक्रिया