डिशहोम टिभी अब सिधै मोबाइलमा

डिशहोम टिभी अब सिधै मोबाइलमा

केन्द्रबिन्दु
0
Shares

डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्नेगरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन गरेको छ । 

हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो । १५० भन्दा बढि लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ । सातदिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ । 

डिशहोमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ । 

‘डिशहोम गो’एपमा लाइभ टिभीसंगै स्वदेशी तथा विदेशी चलचित्र, नेपालीभाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपलीसिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथाअन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । 

Logo