नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलाल पुँजीवादले सुशासनलाई प्रभाव पार्ने र रोजगारी सिर्जनामा बाधा पु-याउने बताएका छन् ।
स्वतन्त्र न्यायपालिका, अवधारणा, समस्या र सुधारका सम्भावनाहरु विषयक अन्तरक्रिया कार्यक्रममा महासचिव भुषालले दलाल पुँजीवादले उद्यामविनाका मानिसहरु पुँजीपति बनाउने पुँजीतन्त्रको सिर्जना गर्ने भन्दै त्यसले संसद, कानून, न्यायालय र राजनीतिक नेताहरु सबै खरिद गर्ने बताएका हुन् ।
उनले भने, 'अहिले विचौलिया तन्त्रलाई आम रुपमा लिन थालेको छ । यो विचौलिया तन्त्रको बारेमा चुप लागेर न्यायलयको स्वतन्त्रता हुँदैन, विचौलिया तन्त्र एवम् दलाल पुँजीवादका बारेमा सचेत नभएको बौद्धिक जमातले आजको समस्या समाधान गर्दैन । दलाल पुँजीवादले एउटा सुशासनलाई खान्छ अर्को भनेको यसले रोजगारी सिर्जना हुन दिदैँन् । यस्तो पुँजीतन्त्रको सिर्जना गर्छ जसले उद्यामविनाका मानिसहरु पुँजीपति हुन्छन् । ती पुँजीपतिहरुसँग यति पैसा हुन्छ कि उनीहरुले संसद, कानून, न्यायलय र राजनीतिक नेताहरु सबै खरिद गर्छन् ।'
देश यस्तै राजनीतिक अस्थिरतामा भड्किने हो भने सुशासन र स्वतन्त्र न्यायलयको सपना पूरा नहुने पनि उनको भनाई छ ।
उनले भने, 'स्वयम न्यायाधीश बनाउने व्यवस्था प्रक्रियामा विचौलियातन्त्र आजको युगको होईन्, यसले राष्ट्रको नयाँ सपनाहरु खान्छ । देश यस्तै राजनीतिक अस्थिरतामा भड्किने हो भने सुशासन र स्वतन्त्र न्यायलयको कुरा असम्भव हुन्छ । देशमा रोजगारीको सुनिश्चितता गर्ने जुन बाटोमा देश जादैँ थियो, त्यहाँभित्र केपी ओलीले गरेको क्रियाकलापले, त्यो बाटोले संसद विघटन गर्ने कुराले, त्यसमार्फत संविधान हान्ने तरिकाले, संसदलाई र राष्ट्रपति कार्यालयलाई खेलौना बनाउने तरिकाले हाम्रो लोकतान्त्रिक स्थिरताका साथ विकास गर्ने नेपाली जनताको आशामाथि आक्रमण भयो ।'































प्रतिक्रिया