उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिले युवा तथा खेल क्षेत्रलाई महत्व दिँदै आएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ७औं प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल उद्धघाटन कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले खेलाडीलाई सम्मान गर्ने कार्यमा वर्तमान सरकार बढी सक्रिय रहेको बताएका हुन् ।
उनले भने, 'सरकारले यतिवेला शुुसासन समृद्धि र समाजिक न्यायलाई प्राथमिकतासहित युवा तथा खेल क्षेत्रलाई समेत महत्व दिँदै आएको छ । प्रतियोगिता चलिरहेको वेला प्रधानमन्त्री तथा उपप्रधानमन्त्री सहित मैदान मै पुगेर खेलाडीहरुलाई प्रोत्साहित गर्ने कुरा होस,खेलको विकासको निम्ति पूर्वाधार विकासमा महत्व दिने कुरा होस वा विजेता खेलाडीहरुलाई सम्मान गर्ने कुरा होस यो सबै तथ्यहरुले वर्तमान सरकार वढी सक्रिय रहेको छ ।'
२०७४ जेठ ८ गते बसेको मन्त्रपिरिषदको बैठकले भलिबल खेललाई राष्ट्रिय खेलको घोषणा गर्दै भलिवलको विकासमा राज्यको भूमिका बढाउने निर्णय गरेको थियो । उक्त निर्णयले देशभरिका लाखौं भलिवल खेलाडीहरुलाई उत्साहित तुल्याउनको साथै राष्ट्रिय गौरवमा उत्साहित गरेको उनको भनाइ छ ।





























प्रतिक्रिया