यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ। शनिबार ९०रुपैयाँमा बिक्रि भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य आज पनि ९० रुपैयाँ नै तोकिएको छ। आज रातो आलु ४५ रुपैयाँमा र सेतो आलु ३४ रुपैयाँ न्यूनतम मूल्यमा बिक्रि भइरहेको छ। 

त्यस्तै,स्थानीय काउलीको मूल्यमा पनि थपघट भएको छैन। आज काउली ६०रुपैयाँमा बिक्रि भइरहेको छ। लोकल बन्दाको मूल्यमा भने आज २ रुपैयाँ मूल्य बढेर आएको छ। बन्दा आज १० रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ। 

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, राजमा सिमी ११०, मूला रातो ३५, मूला सेतो २५, भन्टा लाम्चो ८०, मकै बोडी ९०,भटमास कोशा ९०, तितो करेला ११०, लौका ८०,परवल ७०, फर्सी पाकेको ४० प्रतिकेजीमा खरीद बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

त्यस्तै, पालुंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ९० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ४० रुपैँया मूल्य रहेको छ। केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप माल दह ९०,तरबुजा हरियो ८०,किवि ८००,लिच्ची १४०रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।
 

Logo