इक्यान अध्यक्षमा शेषराज भट्टराईको उम्मेदवारी घोषणा

इक्यान अध्यक्षमा शेषराज भट्टराईको उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
9
Shares

शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्। आगामी असार ३० गते हुने अधिवेशनबाट चुनिने नेतृत्वका लागि भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि संघको महासचिव र उपाध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन्। इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।

‘केही विद्यमान समस्याको समाधान गर्नुछ’,उनले भने,‘केही दूरगामी महत्व राख्ने प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्नुछ। समग्रमा देशको शैक्षिक जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा मेरो भूमिका हुनेछ। त्यसकै लागि मैले उम्मेदवारी घोषणा गरेको हुँ।’

वौद्धिक व्यक्तित्वको छवि बनाएका भट्टराई इक्यानभित्र सर्वप्रिय छन्।उनलाई सिंगो व्यवसायिक टिमको साथ, सहयोग र समर्थन छ। महासचिव र उपाध्यक्षको भूमिकामा रहँदा संघ र संघका सदस्यको हितमा गरेका सत्प्रयास नै शेषराजले भावी नेतृत्व पाउने दरिलो आधार हो।  

संघमा अवद्ध सम्पूर्ण व्यवसायिक शैक्षिक परामर्शदाताको समर्थन भएकाले अधिवेशनले आफूलाई नेतृत्व सुम्पनेमा भट्टराई ढुक्क छन्। सकेसम्म सर्वसम्मत ढंगमा नै आफूले नेतृत्व पाउनेमा भट्टराई आशावादी छन्।

सर्वसम्मत हुन नसके लोकतान्त्रिक विधिबाट अघि बढ्ने उनले बताए।‘निर्वाचनै हुने स्थिति आउँदा पनि साथीहरुले मलाई नेतृत्वको जिम्मा दिनुहुन्छ भन्नेमा ढुक्क छु’, उनले भने। दर्बिलो नेतृत्व क्षमता उनी अर्विट इन्टरनेशनलका सञ्चालक हुन्।

Skip This
Skip This
Logo