मारुती सुजुकीको कम्प्याक्ट एसयूभी फ्रोङ्क्सको निर्यात प्रारम्भ भएको छ । भारतमा हालै लन्च गरिएको उक्त कम्प्याक्ट एसयूभी पहिलो चरणमा ५५६ युनिट ल्याटिन अमेरिका, मध्यपूर्व र अफ्रिकाका लागि निर्यात गरिएको हो ।
कम्पनीले भारतमा ७ लाख ४६ हजार भारु मूल्यमा भारतीय बजारमा फ्रोङ्क्स लन्च गरेको छ । बलेनोको प्लेटफर्ममा आधारित फ्रोङ्क्सलाई कुपे एसयूभीको रूप दिइएको छ । साथै फ्रोङ्क्सको टप भेरिएन्ट लगभग १३ लाख १३ हजार भारुमा लन्च गरिएको छ । यसमा सिग्मा, डेल्टा, डेल्टा प्लस, जेटा र अल्फा ट्रिमहरू उपलब्ध छ ।
मारुती सुजुकी फ्रोङ्क्स नेपाली बजारमा समेत निकै नै प्रतीक्षा गरिएको कम्प्याक्ट एसयूभी हो । नेपालमा सुजुकीका गाडीहरु बिक्री–वितरण गरिरहेको सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले साउन महिनाभित्रै सो एसयूभी भित्र्याउने तयारी गरेको छ ।





























प्रतिक्रिया