गायक तथा कलाकार राेविन तामाङको दाहसंस्कार गरिएकाे छ। तामाङको अन्तिम संस्कार आज स्वयम्भुमा गरिएकाे हाे। अन्तिम संस्कारमा विभिन्न कलाकार, आफन्त तथा अन्य व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे।
अन्तिम संस्कार गर्नु अघि उनकाे पार्थिव शरीर सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिएको थियो। तमाङकाे अन्तिम बिदाइमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए।
अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा कलाकारहरूको उपस्थिति रहेको थियो। श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिएकाे हाे। गायक तामाङको गत मंगलबार निधन भएको थियो।





























प्रतिक्रिया