सिंहदरबारमा एमालेसहित तीन दलको बैठक जारी

सिंहदरबारमा एमालेसहित तीन दलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि पहल थालेका छन्। सोहीअनुसार प्रधानमन्त्री प्रचण्डको पहलमा प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक सुरु भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सुरु भएको हो। 

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ। एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ। 

Skip This
Skip This
Logo