संवादबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

संवादबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा देखिएको गतिरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ। 

आइतबार पनि राष्ट्रिय सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले सदनको गतिरोध अन्त्य संवाद र छलफलबाट गर्न सत्ता र प्रतिपक्षी दलसँग आग्रह गरेका छन्। 

आइतबारको बैठकमा उनले चार दिनदेखि अवरुद्ध बनेको सदन चालु गराउन सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट निकास निकाल्न आग्रह गरेका हुन्। 

Skip This
Skip This
Logo