प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद बैठक चल्दैनः एमाले प्रमुख सचेतक गिरी

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद बैठक चल्दैनः एमाले प्रमुख सचेतक गिरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद बैठक नचल्ने प्रष्ट पारेका छन् । 

संघीय संसदको आजका लागि बोलाइएको बैठकमा पनि एमालेले आफ्नो विरोध जारी राख्ने र अडान परिवर्तन नगर्ने प्रष्ट पारे । उनले भने ‘प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्छ भन्ने अडानमा एमाले अडिग छ, यही कारण आजको संसदमा पनि हाम्रो विरोध यथावत रहने छ । ’ 

गत असार १८ गते एक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिपछि एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै आएको छ । जसका कारण संसद बैठक बस्न सकेको छैन । 

Logo