प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमानमा चोट लागेको छः पदम गिरी

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमानमा चोट लागेको छः पदम गिरी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले उत्पन्न परिस्थिति पेचिलो बन्दै गएको छ । आफ्नो अभिव्यक्तिको कारण संसदमा गतिरोध उत्पन्न भएपछि त्यसकाे समाधान खोज्न प्रधानमन्त्री दाहाल कस्सिएपनि नेकपा एमालेले उनको राजीनामाको विकल्प नभएको प्रष्ट पारेको छ । 

आइतबार (आज) पनि संसद बैठक अवरुद्ध गर्ने घोषणा एमालेले गरिसकेको छ । संसद चल्न नदिने अडान लिएपछि प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा छन् । 

सिंहदरबारमा शीर्ष नेताबीच छलफल जारी रहँदा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताए । उनले एमाले आफ्नाे अडानबाट पछि नहट्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले समग्र देशको स्वाभिमानमा चोट लागेको बताए । 

Logo