एमालेले प्रतिनिधिसभाको बैठक चल्न दिने

एमालेले प्रतिनिधिसभाको बैठक चल्न दिने

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकको गतिरोध हटाउने भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठकले सो सहमति गरेको हो । तर, त्यसका लागि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने भएका छन् ।  

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको थियाे । साथै एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएको थियाे । 

प्रधानमन्त्रीको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्नेगरी सारेका छन् । 

Logo