ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सचिव राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । राउत भौतिक मन्त्रालयमा शाखा अधिकृत रहेको समयमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ।
आजै ललिता निवास जग्गा प्रकरणमा सीआईबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको छ ।
यस प्रकरणमा यसअघि समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमानकुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन पक्राउ परेका थिए । त्यस्तै, पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह, मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतम पनि पक्राउ परेका थिए ।





























प्रतिक्रिया