चन्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ।चन्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा.देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए।
धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ। नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्
पशुपतिनाथ मन्दिरमा भने चन्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ। साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।





























प्रतिक्रिया