प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने राजीनामा दिनुस्ः राजेन्द्र लिङ्देन

प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने राजीनामा दिनुस्ः राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले देशको स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे । ‘प्रधानमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुस्,’ उनले भने । 

बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको प्रसङ्ग कोट्याउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिनुपर्ने बताए । मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका उब्जिएको उनको भनाइ छ । 

Skip This
Skip This
Logo