वैदेशिक रोजगारीमा गएर घर फर्किने श्रमिकमार्फत गिरोहले सुन तस्करी गराउने तथ्य खुल्न आएको छ ।
विभिन्न समयमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका श्रमिकहरुलाई प्रयोग गरेर सुन तस्करको समुहले श्रमिकमार्फत सुन तस्करी गर्ने गरेको खुल्न आएपछि प्रहरीले गैह्रकानूनी रुपमा तस्करको सुन बोकेर नेपाल आएका १२ जना श्रमिकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय रामदेव महरा,सिरहाको सिरहा नगरपालिका वडा नम्बर १७ का २४ वर्षीय धर्मदेव यादव, तथा कपिलवस्तुको सुद्धोधन नगरपालिका ६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।
यस्तै, धनुषाको जनकपुरधाम ५ का ३४ वर्षीय पिधी पञ्जियार, सप्तरीको बलामबिहु २ का २७ वर्षीय किसुनलाल साहु तेली, बाँकेको राप्ती सोनारी ५ का ३६ वर्षीय लालबहादुर ओली,सोही नगरपालिका १ का ३५ वर्षीय विनोदकुमार शाह र वडा नम्बर ६ का २२ वर्षीय आशाराम यादव रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले बताए ।
त्यस्तै,सप्तरीको बोदिबर्साइन १ का २८ वर्षीय रामेश्वर साह, सिरहाको धनगढी ३ का २३ वर्षीय देवनारायण यादव, सर्लाही बरहथवाका ५६ वर्षीय गुमिक साहलाइ र सिरहाको लहान नगरपालिका -४ का लेलेन्द्रकुमार राउतलगायत १२ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरु सबैलाई गिरोहमार्फत वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा भरिया बनाएर सुन तस्करी गराउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । कतारलगायतका देशमा काम गर्न गएका श्रमिकसंग गिरोहले पैसा उठाएर सुन किन्ने र चेनमार्फत तस्करी गर्दै आएको कुरा प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एस्एसपी केसीका अनुसार, सुन तस्करी गर्ने श्रमिकहरुले गिरोहसंग ५ देखि १० हजार रुपैयाँ सुन ल्याएमार्फत लिने गरेको खुलेको छ ।
त्यस्तै, विभिन्न तहमा गिरोह संलग्न भएर सुन तस्करी हुने गरेको पत्ता लगाएको प्रहरीले सुन तस्करी गराउने गिरोहको पहिचान भइसकेको पनि दाबी गरेको छ ।































प्रतिक्रिया