मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको अधिकारिहरूले जनाएका छन्।
मंगलबार बिहान ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लाम्जुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचजना म्याक्सिकन नागरिक सवार थिए। हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा म्याक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए। सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।





























प्रतिक्रिया