राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो भन्दै प्रश्न गरेकी छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउनका लागि व्यापारी दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरेकी हुन्।
उनले भनिन् ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो। प्रधानमन्त्री बन्नका लागि व्यापारीहरु दिल्ली दौडमा गएका कुरा आएपनि। बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ की के हो ? परराष्ट्रले सहजीकरण गरिरहेको छ? नत्र भने किन एकतर्फी हुन्छ बजेट?,’ उनले प्रश्न गरिन्, ‘हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला। असंलग्न परराष्ट्र नीति छोडेका हौँ की समातिएको छ, के भइरहेको छ ? यसमा जवाफ दिनुहोला।’





























प्रतिक्रिया