काठमाडौँ । विकास निर्माणका ठेक्का समयमा पूरा नगरेको आरोप लाग्दै आएको पप्पु कन्स्ट्रक्सन पुनः कालोसूचिमा परेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु-बाम्ती जेभीलाई समेत कालोसूचीमा राखेको छ । आयोजनाको काममा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै कम्पनीलाई एक वर्षसम्म कालोसूचीमा राखिएको हो ।
हुलाकी राजमार्ग निर्देशनालयले तोकिएको निर्माण कार्य पूरा गर्न बारम्बार निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ । विशेष गरी सडक विभागले निर्माण गरिरहेको हुलाकी राजमार्गको काम झण्डै २ दशकदेखि अलपत्र छ ।
































प्रतिक्रिया