नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनता छक्याउने काम गरिरहेको बताएका छन्। मङ्गलबार एमाले बागमती प्रदेशको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
“सरकारले जनता छक्याउने काम गरिरहेको छ। जनता ठग्ने काम गरेको छ। अहिलेको सरकारको तागत नै झुट बोल्ने, अफवाह फैलाउनेमा छ। जसरी एउटा बच्चाको तागत रुवाइमा हुन्छ। उसले जे हुँदा पनि रुनुपर्छ। आमालाई यता हेर्नू भन्दैन, प्याँ… गर्छ। त्यसपछि आमाले हेर्छ। भोक लाग्यो भन्दैन,रुन्छ। त्यसपछि उसले खाना खान पाउँछ। त्यस्तै अहिलेको सरकारको तागत नै झुट बोल्नुमा छ, अफवाह फैलाउनुमा छ,” उनले भने।





























प्रतिक्रिया