माओवादीलक्षित अध्यक्ष ओलीको प्रहारः ‘मानसिकता नै अपराधी, पृष्ठभूमि नै अपराधी’

माओवादीलक्षित अध्यक्ष ओलीको प्रहारः ‘मानसिकता नै अपराधी, पृष्ठभूमि नै अपराधी’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पशुपतिको जलहरी प्रकरणमा संसदमा आवाज उठाउने माओवादी सांसदलाई लक्षित गरेर तितो पोखेका छन् । 

मंगलबार पार्टी कार्यालय च्यासलमा कार्यक्रममा अध्यक्ष ओलीले रोष्टममा उभिएर झुट बोलेको भन्दै मानसिकता नै अपराधी भएको आरोप लगाएका हुन् । 

उनले भने, 'एमालेलाई बदनाम गर्नु अलग कुरा हो तर कुनै पनि भ्रष्टचारमा एमाले फसेको छैन र फस्दैन ढुक्क भए हुन्छ । सुन हैन पित्तल चढाएर भ्रष्टचार ग-यो भन्ने । सदनमा एउटा सांसदले बोलेको कुरा हो यो । पार्लियामेन्टको रोष्टममा उभिएर यतिसम्म झुट बोल्न सरम लाग्दैन् ? लाज छैन त्यही मान्छेले १५ दिन नबित्दै नाम टाँस्नको लागि चढाको रैछ भन्न ?' 

टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको र आफूहरु अब मिसन २०८४ मा लागेको अध्यक्ष ओलीको उद्घोष छ ।  

Skip This
Skip This
Logo