अहिले सरकारमा जाँदैनौँ: अध्यक्ष ओली

अहिले सरकारमा जाँदैनौँ: अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन्। 

मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमा आफूहरु लाागेको बताएका हुन्। 

‘अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौँ। यो सरकार बनाउने,जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन। हामीलाई यता र यताको टेको खोज्नु छैन,’उनले भने। 

Logo