राजनीति गर्ने चुनावमा हो, विकासका काममा हाेइनः प्रकाशमान सिंह

राजनीति गर्ने चुनावमा हो, विकासका काममा हाेइनः प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन् । 

बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि  नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा नेता सिंहले भने, “देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ ।” 

नेता सिंहले असल कामको मुल्याङ्कन जनताले गर्ने उल्लेख गरे । नेपालमा भनसुनका कारण विकास निर्माणका काम हुने गरेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा विकास गर्न जरुरी भएको र भनुसुनको हिसाबमा काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने जिकिर गरे ।

Logo