काडमाडौं ल्याइयो मनाङ हेलिकोप्‍टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै शव

काडमाडौं ल्याइयो मनाङ हेलिकोप्‍टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै शव

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्‍टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ। 

सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार ६ जनाको मृत्यु भएको थियो । लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

मंगलबार साँझ अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर ६ जनाको शव काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ल्याइएको हो। मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिक रहेका छन् । जसमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका रहेका छन् ।  
   
दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी कलसाईन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।

Skip This
Skip This
Logo