काठमाडौँ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानको उच्चस्तरीय प्रतिनिधि मण्डलले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्टार विष्णुमाया भट्टराईलाई भेटी विभिन्न समस्याहरूका बारेमा छलफल गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, पूर्व अध्यक्ष दुर्गा रायमाझी पूर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका उप महासचिव साथै प्रस्तोता समाजका अध्यक्ष समेत रहेका शिव हमाल, केन्द्रीय सदस्य पिएन सापकोटा लगायत कलाकार हरूको प्रतिनिधि मण्डलले प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार सँग भेटघाट गरेको हो ।
भेटघाट का क्रममा प्रतिष्ठानको तर्फबाट अहिले तीज गीत लगायत अन्य लोकगीतहरूमा व्यापक रूपमा अग्रज स्रष्टा हरूको सृजनाको पुनः प्रयोग हुन थालेको र त्यसबाट प्रतिलिपि अधिकार गम्भीर रूपमा उंलङ्घन हुन गएको बारे रजिष्ट्रारको ध्यानाकर्षण गराइएको थियो भने रजिष्ट्रार विष्णुमाया भट्टराई ले आफुपनि लोक सङ्गीत प्रेमी भएको र पछिल्लो पटक लोक गीत सङ्गीतका नाममा भएको चर्तिकलाले समाजलाई कस्तो दिशा निर्देश गर्छ भन्ने बारेमा आफू चिन्तित रहेको कुरा बताएकी थिइन् ।
पुराना स्रष्टा को सृजना हुबहु प्रयोग हुन थालेको विषयमा रजिष्ट्रार कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र निवेदन पर्न आएको खण्डमा त्यसरी गैर कानुनी रूपमा अरूको सृजना प्रयोग गर्ने कलाकारलाई हदै सम्मको कारबाही हुने कुरा समेत रजिष्ट्रार भट्टराई ले बताइन साथै त्यसरी आएका निवेदन उपर मध्यस्थता गर्न र कोही कलाकार पीडित भएको खण्डमा प्रतिलिपि रजिष्ट्रारको कार्यालय सम्म ल्याइपुर्याउन र प्रतिलिपि अधिकारको सुरक्षा को लागि सहकार्य गर्न समेत प्रतिष्ठान समक्ष उनले आग्रह गरिन ।
अब आफ्नो सृजना, लय, शब्द या अन्य श्रव्य दृश्य अरूले हुबहु प्रयोग गरेको खण्डमा पीडितले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कार्यालयमा लिखित निवेदन दिन सक्नेछन् र प्रतिष्ठान ले मुद्दा किनारा लगाउन प्रतिलिपि रजिष्ट्रारको कार्यालय सँग समन्वय गर्नेछ ।





























प्रतिक्रिया