संस्थागत स्वायत्ततामाथि हस्तक्षेप नगर्न महासंघको चेतावनी

संस्थागत स्वायत्ततामाथि हस्तक्षेप नगर्न महासंघको चेतावनी

केन्द्रबिन्दु
0
Shares

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले, संस्थागत स्वायत्ततामाथि हस्तक्षेप नगर्न चन्द्रागिरि नगरपालिकालाई चेतावनी दिएको छ। 

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा, महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले, चन्द्रागिरि नगरपालिकालेखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्वायत्त अस्तित्व माथि हस्तक्षेप गरेको आरोप लगाउँदै तत्काल बन्द गर्न माग गरे। नगरपालिका भित्र रहेका २६ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था तथा समितिको अस्तित्व समाप्त हुने अवस्था सिर्जना गरेको उनको आरोप छ। 

‘काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले जारी गरेको एकिकृत खानेपानी तथा सरसफाइ व्यवस्थापन ऐन, २०८० मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्वायत्तता समाप्त गर्नुका साथै उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएका खानेपानी प्रणाली स्वतः समाप्त हुने सम्पूर्ण खानेपानीमा नगरपालिकाको स्वमित्व हुने,उपभोक्ता संस्थाको चल,अचल सम्पत्ति स्वतः नगरपालिकाको हुने जस्ता विभिन्न प्रतिगामी व्यवस्थाहरु गरिएका छन्। यसबाट चन्द्रागिरि नगरपालिका भित्र रहेका २६ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था तथा समितिको अस्तित्व समाप्त हुने अवस्था सिर्जना गरिएको छ।’उनले भने। 

नगरपलिकाले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था तथा समितिको माग तथा आन्दोलनलाई वेवास्ता गरेका कारणले आन्दोलन जारी राखेको महासंघको दाबी छ।  संविधान र संघीय कानूनसँग बाझिएको नगरपालिकाको उक्त कानूनलाई प्रारम्भदेखि नै अमान्य र बदर घोषित गरी पाउनका लागिसर्वोच्च अदालत जान बाध्य भएको महांघले जनाएको छ। 

Skip This
Skip This
Logo