केन्द्रबिन्दु एक्सप्रेसः गाडीको भाडादर वृद्धिदेखि मन्त्रि मोदी र मेयर बालेनबीच भेटवार्तासम्म [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः गाडीको भाडादर वृद्धिदेखि मन्त्रि मोदी र मेयर बालेनबीच भेटवार्तासम्म [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो। 

सरकारले सार्वजनिक गाडीको भाडा घटाएको छ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो। विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत,मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। असार १९ गते मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई पक्राउ गरेको हो। 

विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत,मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।  सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भेटवार्ता भएको हो। भेटमा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको छ। 

तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ वटा राजनीतिक दललाई निर्वाचन आयोगले ७ हजार जरिवाना तोकेको छ। आयोगमा दर्ता भएका ८२ राजनीतिक दलमध्ये ३९ वटाले आयव्यय विवरण नबुझाएको भन्दै साउन १ गते बसेको आयोगको बैठकले जरिवाना गर्ने निर्णय गरेको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

आन्तरिक उडानको हवाई भाडादर आजदेखि वृद्धि भएको छ। नेपाल वायुसेवा सञ्चालक सङ्घले मूल्य अभिवृद्धि कर भाडादरमै जोडिने भएकाले आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने जनाएको हो।  

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ। एयरलाइन्सले खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण भुक्तानी गरेको हो। 

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन रौतहट बन्द सहितको आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ।  घटनापछि जाहेरी दर्ता गरेको १७ वर्षसम्म दोषी उपर कानुनी कारबाही नभएको भन्दै समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रमबारे जानकारी दिएको छ। 

आयातित माल सामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरण सहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ। भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा ल्याएको हो। 

साउन १ गते अर्थात सोमबारदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ।नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले जेठ १५ गते संघीय संसदमा पेस गरेर पारित भएको बजेट कार्यान्वयनमा आएको छ। साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ। 

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।

आर्थिक वर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९÷८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको हो। आर्थिक वर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४६४ पुगेको छ।  

नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले  वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सातअङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलब १६ मापुगेको हो। 

दक्षिण कोरियामा भारी वर्षासँगै आएको बाढीका कारण सुरुङमार्गमा फसेकाहरु मध्ये ९ जनाको शब फेला परेको छ। दक्षिण कोरियाको ओसोङ शहरको भुमिगत सुरुङमा बाँध फुटेपछी कम्तिमा १५ वटा सवारीसाधन फसेको थियो। ४ सय बढी गोताखोर सहितको उद्धारकर्ताहरुले खोज तथा उद्धार गरेका हुन्।

Logo