त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनसँगै तीनजना पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीनजनालाई पक्राउ गरिएको हो।
भन्सार पास भइसकेको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट गन्तव्यतिर लैजाने क्रममा बरामद भएको उनको भनाइ छ। ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको उनले जानकारी दिए।
हङकङदेखि क्याथे प्यासिफिक जहाजबाट उक्त सुन चारदिन अघि नै नेपाल आएको थियो। रेडी ट्रेडलिंक बूढानीलकण्ठको नाममा ल्याएको १६० वटा ब्रेकप्याड भित्र लुकाइएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको बताइएको छ।





























प्रतिक्रिया