गुणस्तरीय शिक्षामा सदैव प्रतिबद्ध अग्रणी कलेज, सेन्ट लरेन्स चावहिल

गुणस्तरीय शिक्षामा सदैव प्रतिबद्ध अग्रणी कलेज, सेन्ट लरेन्स चावहिल

केन्द्रबिन्दु
0
Shares

शैक्षिक क्षेत्रमा अग्रणी स्थानमा रहन सफलसेन्ट लरेन्स कलेजलेदुई दशक बढिको यात्रा पार गरिसकेको छ । अनुभवी र शिक्षाप्रति समर्पित अध्यापकद्धारा गुणस्तरीय शिक्षा दिने उद्देश्यसहित२०५७ सालमा चाहविल पिपलबोटमा स्थापना भएको यो कलेजमा शैक्षिक संस्थामा विद्यालय तह हुँदै स्नात्तोकत्तरसम्म पढाई हुन्छ । 

विद्यार्थी मैत्री शैक्षिकवातावरणमा अध्ययन अध्यापन हुँदै आएकोसेन्ट लरेन्समा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुँदै आएको छ ।

विद्यार्थी मैत्री शैक्षिक वातावरणमा अध्ययन अध्यापन हुँदै आएको सेन्ट लरेन्समा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुँदै आएको छ । उत्कृष्ट नतिजा पस्किँदै आएको सेन्ट लरेन्सले अनुशासित वातावरणमा पढाउँदै आफूलाई अब्बल सावित गर्न कुनै कसर बाँकी राखेको छैन।

सेन्ट लरेन्स कलेजमा अभिभावक, विद्यार्थी र कलेज प्रशासनविच सहमति; आजबाट  पठनपाठन शुरु - Satelitekhabar

विद्यार्थी केन्द्रित वातावरणमा अध्यापन गराउँदै जीवनपयोगी शिक्षा दिन अनवरत रुपमा कलेज लागिपरेको छ । उच्चस्तरको भौतिक पूर्वाधार, पर्याप्त पुस्तकालय, यातायात, ल्याब, स्वस्थ किचेन,कम्प्युटर ल्याब सुविधा रहेको यो कलेजले जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्थालाई कडाइका साथ लागू गरेको छ । 

पाठ्यक्रममा मात्र सीमित नगरेर विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यक्रमसंग सम्बन्धि विविध गतविधि र अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले प्राथमिकता दिएको छ । कलेजले सेमिनार, वर्कसप,इन्टर्नसिप लगायत नन क्रेडिट कोर्षमा पनि विद्यार्थीलाई अभ्यस्तगराउने गरेको छ । विद्यार्थीको व्यक्तित्व विकासका लागिकलेजले साइन्स एण्ड आईटी क्लब, कल्चरल क्लब,स्पोर्टस क्लब, सोसल क्लब फिल्ड भिजिट,विषयगतप्रयोगात्मक अभ्यास रिसर्च फिल्ड स्टडी टुर, बोटानिकल स्टडी टुर, मार्केट एण्ड बिजनेश स्टडी टुर समेत समावेश गर्दै ल्याएको छ । 

पाठ्यक्रममा मात्र सीमित नगरेर विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यक्रमसंग सम्बन्धि विविध गतविधि र अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले प्राथमिकता दिएको छ ।

यहाँ अध्ययन गरिरहेका विद्यार्थीसँग के छ त कलेजबारेको अनुभव ? परिणाममुखी नतिजा दिँदै सीप तथा दक्षता विकास गरेर विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि तयार गर्न सेन्ट लरेन्स प्रतिबद्ध छ । 

Skip This
Skip This
Logo