आज २०८० साउन ५ गते शुक्रबार। २१ जुलाई २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो, अ)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज स्वास्थ्यमा खर्च बढ्नसक्छ। यात्रामा मालसामान हराउन सक्छ।सानातिना समस्यामा अल्झनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
रोकिएका काम पुनः सुरु हुन सक्छन्।आर्थिक कारोबारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज स्वास्थ्य सम्बन्धी लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। आर्थिक क्षेत्रमा उन्नति र सफलता सफलता मिल्नेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
भाग्यले विभिन्न अवसर जुराउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्नेछ। नजिकैको यात्राबाट लाभ नै हुनेछ। साँझमा आफन्तको साथ र सहयोग भरपुर मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज बन्न लागेको काम बिग्रिनेछ। परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ, तर नयाँ ज्ञान सिक्ने मौका भने अवश्य मिल्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। कहीँकतैबाट कुनै उपहार प्राप्त होला।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज शुभ आरम्भको चर्चा चल्नेछ। नयाँ काममा जुट्ने समय छ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च भने हुनसक्छ।





























प्रतिक्रिया