महाधिवेशनको मिति तोक्दै नेकपा एस

महाधिवेशनको मिति तोक्दै नेकपा एस

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीको एकसाता देखि जारी केन्द्रीय सचिवालय बैठक पार्टीको महाधिवेशनसहित संगन परिचालनका विभिन्न कार्यक्र तय गर्दै सकिने भएको छ। 

आज बस्ने बैठकले पार्टीको महाधिवेशनसहितका कार्यक्रम तय गर्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। बिहीबारको बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिंदै अध्यक्ष माधवकुमार नेपालले आगामी माघमा पार्टी महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। 

पार्टी नेताहरूले मंसिर देखि फागुनसम्मका लागि महाधिवेशन समिति प्रस्ताव गरेका थिए। २०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीको सचिवालयको जारी बैठकले पहिलो महाधिवेशनको तिथि टुंगो लगाउने छ। 

ललितपुरको चम्पादेवीमा असार २९ देखि सुरु ६१औं बैठकमा पार्टीको आन्तरिक संगठन, वर्तमान राजनीति लगायतका विषयमा छलफल भएको छ। आजको बैठकले संगठन सुदृढिकरणका लागि अभियान,पार्टी सदस्यको जिम्मेवारी बाँडफाडका साथै पार्टीको आगामी कार्ययोजनासहितका विषयमा निर्णय लिनेछ।     

Logo