कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार नेपाली ठुलो गोलभेँडा, भटमास कोशा र हरियो तरबुजा ८५ रुपैयाँ, लोकल गोलभेडा, घिरौला, तितो करेला र तने बोडी ४५ रुपैयाँ, टनेल गोलभेँडा, डल्लो भन्टा, हाइब्रीड घिउ सिमी र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ २० पैसा रहेको छ।
उता,सुकेको भारतीय प्याँज ५१ रुपैयाँ २० पैसा,लोकल गाजर १२८ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ २२ पैसा,स्थानीय काउली (ज्यापु) ९५ रुपैयाँ,रातो मूला ३५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा र टाटे सिमी १६५ रुपैयाँ तोकिएको छ।
त्यस्तै, लौका प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल परवर, झिगूनी, भिण्डी र स्कूस प्रतिकेजी ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, रायोको साग र जिरीको साग ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९२ रुपैयाँ, डल्ले च्याउ ३६२ रुपैयाँ ५० पैसा, कुरीलो २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, चुकुन्दर ९६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, तामा १०५ रुपैयाँ रहेको छ।
यसैगरी, तोफु ११६ रुपैयाँ ६७ पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप १६० रुपैयाँ, फूजी स्याउ ३५६ रुपैयाँ ६७ पैसा, कागती १२० रुपैयाँ, अनार ३९३ रुपैयाँ ३३ पैसा, दसहरी आँप १५५ रुपैयाँ, कलकत्ते आँप ७५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ५६ रुपैयाँ किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ,अदुवा २७० रुपैयाँ,अकबरे खुर्सानी ३५० रुपैयाँ र भेडे खुर्सानी ७६ रुपैयाँ पर्नेछ।































प्रतिक्रिया