संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई आज शपथ गराइँदै

संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई आज शपथ गराइँदै

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइबिना नै संवैधानिक परिषद‍्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरूले आज शपथ लिने भएका छन् ।

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरू सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरूलाई शपथ खुवाउन लागिएको हो ।

शीतल निवास स्रोतका अनुसार शीतल निवासमा उनीहरूको शपथ राखिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश उपस्थित नहुने भएपछि स्थगन गरिएकाे थियो ।

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका पदाधिकारीहरूकाे नाम सिफारिस गरेको थियो ।

तर सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाइसकेका छन् ।

Logo