केन्द्रबिन्दु एक्सप्रेसः को को पक्राउ परे १ सय ५५ केजि सुन प्रकरणमा ? [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः को को पक्राउ परे १ सय ५५ केजि सुन प्रकरणमा ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन १५५ केजी रहेको खुलेको छ। बिहीबार दिउँसो बबरमहलस्थित टक्सार महाशाखामा जोख्दा सुन १५५ केजी रहेको पाइएको हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो। त्यस्तै अवैध रूपमा आएको सुन बरामदको घटनामा एक चिनियाँ नागरिकसहित ७ जना पक्राउ परेका छन्। 

भन्सार विभागले विना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ।

भन्सार विभागले विना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ। भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।  

व्यवसायी दिपक मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको सुनसँगै आफ्नो नाम जोडेकोमा आपत्ति जनाएका छन्। मल्होत्राले राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार गरी ल्याइएको एक सय किलो भन्दा बढी सुनकाण्डमा कुनै संलग्नता नभएको दाबी दाबि गरेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड’ पाउने भएकी छन्। ‘द वन योङ वर्ल्ड’ले १५ जना सर्टलिस्टेडबाट छनौट भएका पाँच जनामा गौतम पनि परेकी हुन्। सर्ट लिस्टमा चिलीकी महिला तथा लैंगिक समता मन्त्री एन्टोनिया कस्मिकालगायत विभिन्न देशका १५ जना सांसद र मेयर थिए। 

प्रधानमन्त्री पुष्प कमल दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान कतारका राजदूत युसुफ बिन मोहम्मदले बिदाइ भेट गरेका हुन् । त्यसक्रममा नेपाल र कतारबीचको दीर्घकालीन हित तथा सम्बन्धका बारेमा छलफल भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।  

‘द वन योङ वर्ल्ड’ले १५ जना सर्टलिस्टेडबाट छनौट भएका पाँच जनामा गौतम पनि परेकी हुन्।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताएका छन्।   

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ। आर्थिक वर्ष २०८०÷८१ को गाउँसभाले यो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हो । उक्त  कार्यक्रम साउन १ गतेदेखि नै लागू भएको हो। 

कर्मचारी अभावले माग अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरूलाई राहदानी सेवा प्रदान गर्न समस्या भएको अष्ट्रेलियामा रहेको नेपाली दूतावासले जनाएको छ। दैनिक दुई सय जनाले राहदानी नवीकरणको माग भए पनि दुई वटा कम्प्युटरमा दुई जना कर्मचारीले दैनिक ६० देखि ७० जनालाई मात्र सेवा दिन सकिएको अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले बताएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ।  

लगातार पाँच दिनसम्म बढेको शेयर बजार आज बिहीवार भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ विन्दुमा झरेको छ। 

विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५ औंँ स्थानमा छ।  

अत्याधिक गर्मीले चीनमा रेकर्ड तोडेको छ। यो जुलाई महिनामै चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको हो। चीनले देशमा ५२.२ डिग्री सेल्सियस (१२६ डिग्री फारेनहाइट) रेकर्डको उच्च तापक्रम रिपोर्ट गरेको छ।

फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५ औंँ स्थानमा छ।  नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ।  

न्युजिल्यान्डले महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। घरेलु मैदानमा बिहीबार भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १० गोलले पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेलमा आधा दर्जन अवसर खेर फाल्दा नर्वे पहिलो खेलमा अंकबिहीन बन्न पुगेको छ। 

Skip This
Skip This
Logo