ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणमा आज आदेश आउने

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणमा आज आदेश आउने

केन्द्रबिन्दु
0
Shares

ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरुको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतले आदेश गर्ने भएको छ। 

न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा शुरु भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनसहित सम्बन्धित छ थान मुद्दामा आज आदेश सुनाइने भएको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहितका व्यक्तिहरु छन्।

सिआइबीले ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको भ्याकेटको निवेदन पनि सँगसँगै राखेर हेरिएको छ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणको किर्ते मुद्दामा प्रहरीले पक्राउ गर्न खोजेको भन्दै १७ जना आरोपितलाई अन्तरिम आदेश जारी गरेको थियो। गत साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १७ जना आरोपितलाई नै पक्राउ नगर्नू/नगराउनू भन्दै अन्तरिम आदेश जारी गरेको थियो।

Skip This
Skip This
Logo